info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद लकडाउनमा पनि विक्रीमा

By: Nepse Direct Apr 18, 2020

कोरोना भाइरस सक्रमणका कारण देशनै लकडाउनमा भएको अवस्थामा प्राथमिक बजारमा एक मात्र कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स   PICL  0.99 %  500.00 को ६० प्रतिशत हकप्रद शेयर विक्रीमै रहेको छ । 

गत फागुनमै विक्री खुला भएको उक्त कम्पनीको हकप्रद शेयर लगानीकर्ताको हितलाई ध्यानमा राख्दै विक्रीलाई निरन्तरता दिएको कम्पनीले बताएको छ ।

कम्पनीले फागुन १८ देखि चैत २३ गतेसम्मका लागि ६० प्रतिशत हकप्रद विक्रीमा ल्याएकोमा अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता दिने बताएको छ । प्रुडेन्सियलले माघ २६ गतेसम्म कायम शेयरधनीहरुका लागि १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीको हकप्रदको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 हकप्रदलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । हाल रू. ६४ करोड १५ लाख २० हजार चुक्तापूँजीको आधारमा ६० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।

Mega Maya Bachat Khata
Companies in this article:
PICL PICLPO