info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नाफासंगै बढ्यो निर्धनको ईपीएस

By: Nepse Direct Nov 10, 2019

चालु आवको पहिलो त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड NUBL  5.57 %  1726.00 ले २१ करोड ६३ लाख ५५ हजार खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४३.४९ प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी सो अवधिमा २० प्रतिशतले बढेर १ अर्ब २० करोड रहेको छ भने जगेडा कोष २ अर्ब २९ करोड ९८ लाख ८२ हजार रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी २०.३५ प्रतिशत बढेको छ भने संचालन मुनाफा ४६.३६ प्रतिशत बढेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) बढेको छ गत आवको असोज मसान्तसम्म ६०.३१ रुपैयाँ चालु आवको सोहि अवधिमा बढेर  ७२.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेशियो) ११.१२ रहेको छ । नेटवर्थ प्रति शेयर २९२ रहेको छ ।

Nirdhan

Mega Maya Bachat Khata
Companies in this article:
NUBL NUBLPO