गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड NUBL 5.57 % 1726.00 को खुद नाफा ३२.१७ प्रतिशत बढेर ५२ करोड ७५ लाख ८८ हजार पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३९ करोड ९१ लाख ६१ हजार रहेको थियो ।
बढ्यो ईपीएस, घट्यो पीई
गत आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको ईपीएस ५३.८९ रुपैयाँ रहेको थियो भने पीई रेशियो २३.४८ गुणा रहेको थियो । चालु आवको सोही अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको ईपीएस ८.७८ रुपैयाँ बढेर ५८.६२ रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनी पीई रेशियो घटेर १३ प्रतिशतमा सिमित भएको छ ।
१ अर्ब बढी खुद ब्याज आम्दानी
सो अवधिसम्ममा कम्पनीले १ अर्ब १५ करोड ६० लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ । सो गत आवको सोही अवधिको तुलनामा २२.१२ प्रतिशत बढी हो । कम्पनीको संचालन मुनाफा भने समिक्षा अवधिमा ४५.२२ प्रतिशत बढेर ९१ करोड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
१० अर्ब बढी निक्षेप संकलन
चैत मसान्तसम्ममा कम्पनीले १० अर्ब २७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ५५ करोड ४० लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप गत आवको सोही अवधिको तुलनामा ३०.२६ प्रतिशत बढी हो भने कर्जा २५.५१ प्रतिशत बढी हो ।
२० प्रतिशत बढ्यो चुक्तापुँजी
गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिसम्ममा कम्पनीको चुक्तापुँजी २० प्रतिशत बढेर १ अर्ब २० करोड पुगेको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष समिक्षा अवधिमा २८.२१ प्रतिशत बढेर १ अर्ब ३८ करोड ७६ लाख पुगेको छ ।
बढ्यो निष्क्रिय कर्जा
सो अवधिसम्ममा कम्पनीको निष्क्रिय कर्जा बढेर १.१३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको निष्क्रिय कर्जा ०.८३ प्रतिशत रहेको थियो ।