info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

५९ करोड नाघ्यो सानिमाको वितरण योग्य मुनाफा, ईपीएस २६.४७ रुपैयाँ

By: Nepse Direct Nov 03, 2019

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सानिमा बैंक लिमिटेड SANIMA  1.25 %  324.00 ले ५९ करोड ३६ लाख १ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ५१ करोड ८८ लाख ७० हजार खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २७ करोड ५४ लाख ४० हजार पुगेको छ । 

१४ प्रतिशत बढ्यो त्रैमासिक नाफा 

गत आवको चौथो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा बैंकको खुद नाफा १४.४० प्रतिशत बढेको छ । यस बैंकले पहिलो  त्रैमासको ३ महिना अवधिमा ५९ करोड ३६ लाख १ हजार नाफा आर्जन गरेको छ । 

१० प्रतिशत बढ्यो चुक्तापुँजी

गत आवको चौथो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकको चुक्तापुँजीमा १० प्रतिशत चुक्तापुन्जी बढेको छ । सो अवधिसम्ममा बैंकको चुक्तापुँजी ८ अर्ब ८०  लाख रहेको छ । समिक्षा अवधिमा बैंकको जगेडा कोष २७ दशमलव ५० प्रतिशत घटेर २ अर्ब ८९ करोड १५ लाख पुगेको छ ।

९५ अर्ब निक्षेप, २ अर्ब कर्जा

बैंकले चैत मसान्तसम्ममा ९५ अर्ब ९२ करोड १७ लाख निक्षेप संकलन गरी २ अर्ब ४६ करोड ७२ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा ७.३३ प्रतिशत बढी हो भने कर्जा २२.१२ प्रतिशत बढी हो । 

 १७ प्रतिशत बढ्यो खुद ब्याज आम्दानी

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.०३ प्रतिशत बढेर १ अर्ब १४  करोड ५० लाख पुगेको छ । त्यसैगरी, संचालन मुनाफा १२.६१ प्रतिशत बढेर ८३ करोड ४३ लाख पुगेको छ । 

२६ रुपैयाँ ईपीएस

 बैंकको ईपीएस २६ रुपैयाँ ४७ पैसा रहेको  छ । बैंकको पीई रेशियो ११.५२  रहेको छ भने प्रति सेयर नेटवर्थ १३२.८५ रुपैयाँ रहेको छ । 

SANIMA113646

Mega Maya Bachat Khata
Companies in this article: