info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लकईन अवधिभर रसुवागढीको सेयर बिक्री नगर्न अनुरोध, क–कसले बेच्न पाउँदैनन् सेयर ?

By: Nepse Direct Aug 13, 2019

नेपाल सरकारको ‘जनताको जलविद्युत आयोजना’ अन्तर्गतको रसुवागढी हाइड्रोपावर कम्पनी RHPL  2.5 %  195.00 को केही सेयर लकईन अवधिभर बिक्री गर्न कम्पनीले सुचना जारी गरेको छ । कम्पनीले कर्मचारी संचय कोषमा रकम संचित गर्ने संचयकर्ता, कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्ला सम्बन्धित स्थानिय तहका कर्मचारी, कर्मचारी संचय कोषका कर्मचारी तथा कम्पनीको कर्मचारीहरुको सेयरलाई लकईनमा राखेको छ । सो सेयरको लकईन अवधि ३ वर्षको रहेको छ । सो लकईनमा रहेका सेयरहरु आगामी ३ वर्षसम्मको लागि बिक्री गर्न नपाइने र बिक्री गरेमा सोबाट पर्न जाने जरिवानाको जिम्मेवार हुनुपर्ने कम्पनीले बताएको छ । कम्पनीको सेयर गत साउन २० गते नेप्सेमा सूचीकृत भई कारोबार सुरु भएको थियो । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: