info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

रिलायन्स फाइनान्सको नगद लाभांश बैंक खातामा जम्मा

By: Nepse Direct Mar 11, 2020

रिलायन्स फाइनान्स कम्पनी RLFL  1.56 %  130.00 ले बुधबार (फागुन २८ गते) देखि सेयरधनीहरुलाई ६.५८ प्रतिशत  नगद लाभांश बैक खातामा जम्मा गर्न थालेको छ ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन थालेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई कम्पनीले डिम्याट खाता र बैंक खाता अपडेट गर्न अनुरोध पनि गरेको छ । 

रिलायन्सको फागुन १६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीहरुलाई ६.५८ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश सेयरधनीहरुको खातामा जम्मा हुन थालेको हो । 

 

Mega Maya Bachat Khata
Companies in this article: