info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

हट्ने भयो चेक क्लियरिङको झन्झट, मंगलबारदेखि आरटीजीएस सिस्टम लागु हुँदै

By: Nepse Direct Sep 09, 2019
NRB

चेक क्लियरिङको झन्झटबाट अब सर्वसाधारणले मुक्ति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मंगलबारदेखि कार्यान्वयनमा ल्याउने भएको छन् । यो कार्यान्वयनमा आएसंगै २ लाख रुपैयाँभन्दा बढी रकममा चेकहरु क्लियरिङ गराइराख्नु पर्दैन । केन्द्रिय बैंकले भदौ २० गते सबै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई सो सिस्टम लागु गर्न निर्देशन दिएको थियो । ‘क’ वर्गका बैंकहरुलाई केन्द्रिय बैंकले भदौ २४ गतेदेखि सो सिस्टम लागु गर्न निर्देशन दिएको थियो भने विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तभित्र सो सिस्टममा आबद्ध हुन समय निर्देशन दिएको थियो । 

 अहिले एकाउन्ट पेयी चेकको रकम भुक्तानी हुन १ दिन लाग्ने गरेको छ । केही सर्वसाधारणले शुल्क तिरी द्रुत सेवा मार्फत सुविधा लिँदै आएका छन् । मंगलबारदेखि २ लाखभन्दा बढीको रकम भुक्तानीका लागि चेक नचाहिने भएको छ । यो सिस्टम लागु भएसंगै कारोबार भएको वास्तविक समयमा नै तुरन्तै रकम भुक्तानी पाइनेछ ।

rtgs

Shivam Cement
Companies in this article:
NRB