info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

राधी बिद्युतको खुद नाफा ११.३० प्रतिशत बढ्यो, प्रति सेयर आम्दानी ११.६७ रुपैयाँ

By: Nepse Direct Aug 11, 2019

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा राधी बिद्युत कम्पनी लिमिटेडले ५ करोड ५२ लाख ६७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ११.३० प्रतिशत बढेको हो । 

समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी ५ प्रतिशत बढेर ४७ करोड ३५ लाख ५६ हजार पुगेको छ । त्यसैगरी, समिक्षा अवधिमा कम्पनीको विद्युत विक्रीबाट आय ५.९७ प्रतिशत बढेर १४ करोड ५८ लाख २९ हजार पुगेको छ । संचालन मुनाफा भने ३.८८ प्रतिशत बढेर ९ करोड ४५ लाख ४ हजार पुगेको छ । कम्पनीको प्रति सेयर आम्दानी ५.९९ प्रतिशत बढेर ११.६७ रुपैयाँमा पुगेको छ । त्यसैगरी, प्रति सेयर नेटवर्थ २.८९ प्रतिशत घटेर २०३.८३ रुपैयाँ सिमित रहेको छ भने मुल्य आम्दानी अनुपात ३६.०८ प्रतिशत घटेर १२.७७ सिमित रहेको छ । 

radhi bidyut

Maruti Cement
Companies in this article: