info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

राधी विद्युत कम्पनीको साधारणसभा आह्वान,बुक क्लोज कहिले ?

By: Nepse Direct Jun 22, 2021

 राधी विद्युत कम्पनी लिमिटेड RADHI  0.25 %  400.00 ले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आकर्षक लाभांश पारित गर्न आफ्नो वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २९ गते काठमाण्डौको  त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ। 

सभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभाका लागि कम्पनीले यही असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गतेसम्म कायम शेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

Mega Maya Bachat Khata
Companies in this article: