info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जनउत्थानको १०० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Jul 31, 2019

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १५ गते)  हकप्रद निष्काशन बन्द गर्ने भएको छ। कम्पनीले १ः१ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री बन्द गर्न लागेको हो । सो कम्पनीको हकप्रद असार २ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य सिद्धार्थ क्यापिटलले गरेको छ । सो हकप्रद सेयरमा जनउत्थान लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालय र सि–आस्वाबाट आवेदन दिन सक्नेछन्  । साथै सिद्धार्थ क्यापिटलबाट हकप्रद सेयरमा आवेदन दिन सकिने छ । 

कम्पनीको चुक्तापुँजी २ करोड ८८ लाख रहेको थियो । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ५ करोड ७६ लाख पुग्ने छ ।

Maruti Cement
Companies in this article: