info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

भदौ १२ गते देखि हकप्रद निष्काशन गर्दै MNBBL

By: Nepse Direct Aug 15, 2019

मुक्तिनाथ विकास बैंक लिमिटेड MNBBL  1.6 %  307.00 ले २०७६ साल भदौ १२ गते देखि १०० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०ः२ को अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति असोज १५ गते तोकिएको छ । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य भिबोर क्यापिटलले गर्नेछ । यस हकप्रद सेयरलाई ईक्रा नेपाल लिमिटेडले "ईक्रा इनपि आइपिओ ग्रेड ३ रेटिङ्ग" प्रदान गरेको छ । यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कायार्लय बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२८, काठमाण्डौं प्लाजा, कामलादी, काठमाण्डौमा रहेको छ ।

Shivam Cement
Companies in this article: