info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आइएमईको शतप्रतिशत हकप्रद आजदेखि निष्कासन तथा बिक्री खुला

By: Nepse Direct Aug 06, 2019

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड GILB  0.53 %  763.00 ले आज (साउन २१) गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । सो सेयरमा असार ३१ गतेसम्म कायम साविक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री भदौ २३ गते बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको रजिष्टर्ड तथा सबै शाखा कार्यालय, लक्ष्मी क्यापिटल र सिआस्बा सदस्यता दिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० अंकित मूल्यका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

Companies in this article:
GILB GILBPO