info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मुक्तिनाथको २० प्रतिशत हकप्रद निष्कासन आजदेखि खुला

By: Nepse Direct Aug 29, 2019

मुक्तिनाथ विकास लिमिटेड MNBBL  0.63 %  315.00 ले आज (भदौ १२ गते) देखि २० प्रतिशत हकप्रद निष्काशन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कायम हुनु पर्ने पुँजीकोषको अनुपात कायम गर्न बैंकले हकप्रद सेयर निष्कासन गरी पुँजी संकलन गरेको हो । कम्पनीले १०ः२ को अनुपातमा ६१ लाख २९ हजार ५२०।२५ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । सो कम्पनीको हकप्रद सेयरमा साउन ३१ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् भने हकप्रद भर्ने अन्तिम मिति असोज १५ गते तोकिएको छ । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य भिबोर क्यापिटलले गर्नेछ । सो हकप्रद सेयरमा मुक्तिनाथ विकास बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा सम्पूर्ण शाखा कार्यालय र सि–आस्वाबाट आवेदन दिन सकिनेछ । साथै भिबोर क्यापिटलबाट पनि हकप्रद सेयरमा आवेदन दिन सकिन्छ । 

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६ सय १ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँ पुग्नेछ । 

आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

Shivam Cement
Companies in this article: