info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद सेयर आजदेखि निष्कासन खुला

By: Nepse Direct Aug 20, 2019

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) UIC  3.86 %  274.00 लिमिटेडले आज (भदौ ३ गते)देखि २४० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । सो कम्पनीको हकप्रद सेयरमा साउन १४ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् भने हकप्रद भर्ने अन्तिम मिति असोज ६ गते तोकिएको छ । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्नेछ । सो हकप्रद सेयरमा एनएमबि बैंक, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालय, र सि–आस्वाबाट आवेदन दिन सकिनेछ । साथै एनएमबि क्यापिटलबाट पनि हकप्रद सेयरमा आवेदन दिन सकिन्छ । 

हाल कम्पनीको चुक्तापुँजी ३० करोड २४ लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई केयर नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपि आईपिओ ग्रेड ४ रेटिङ दिएको छ । 

Shivam Cement
Companies in this article:
UIC UICPO