info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्रि असार ७ गतेदेखि पुन: खुला

By: Nepse Direct Jun 18, 2020

प्रुडेन्सियल इन्स्योरेन्स  PICL  0.99 %  500.00 को स्थगित भएको हकपद बिक्रि असार ७ गतेदेखि पुन: खुला हुने भएको छ । 

लकडाउनको कारण स्थगित भएको हकप्रदमा असार ७ देखि असार १९ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको हो ।

आवेदन दिन बाँकि रहेका लगानीकर्ताहरुलाई सो अवधि भित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ । कम्पनीले फागुन १८ गतेदेखि निष्काशन खुल्ला गरी चैत २३ गते बन्द गर्ने जनाएको थियो । तर देश लकडाउनमा गएको कारण हकप्रद बिक्रि स्थगित भएको थियो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि हकप्रद सेयरमा आवेदन नदिएका लगानीकर्ताले मात्र यसमा आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासनका लागि माघ २७ बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।

 

बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।

PICL_right share

Mega Maya Bachat Khata
Companies in this article:
PICL PICLPO