info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

असोज २ गतेदेखि नगद लाभांश वितरण गर्दै सानिमा इक्विटी फन्ड, डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध

By: Nepse Direct Sep 06, 2019

सानिमा म्युचुअल फन्ड अन्तर्गत संचालित सानिमा इक्विटी फन्ड SAEF  1.09 %  8.32 ले असोज २ गतेदेखि नगद लाभांश आइपीएसबाट भुक्तानी गर्ने भएको छ । सो प्रयोजनको लागि भदौ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले आफ्नो डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक गर्न योजनाले अनुरोध गरेको छ । साउन २१ गते बसेको यसको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । साथै, इकाई धितो राखेका इकाईधनीहरुको हकमा समयमा नै नगद लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक/वित्तीय संस्थाको स्वीकृति पत्र डिपोजिटरी सानिमा क्यापिटलमा पेश गर्न अनुरोध गरिएको छ । 

Shivam Cement
Companies in this article: