info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जनरल इन्स्योरेन्स ३० करोडको आइपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड

By: Nepse Direct Jun 23, 2020
IPO

जनरल इन्स्योरेन्स कम्पनी GICNL नेपाल सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले असार ५ गते ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।

हाल जनरल इन्सुरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ । 

कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटललाई नियुक्त गरेको छ । यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।

 

Mega Maya Bachat Khata
Companies in this article: