info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

By: Nepse Direct Jun 23, 2020
IPO

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनी AJOD लाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ मूल्य बराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो । 

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीहरुका तर्फबाट आईपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ ।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।

गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

Mega Maya Bachat Khata
Companies in this article: