info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बोर्डले साधना लघुवित्तलाई आईपीओ निष्कासनको लागि दियो अनुमति

By: Nepse Direct Jun 23, 2020
IPO

नेपाल धितोपत्र बोर्डले  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले  साधना लघुवित्तलाई रु ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

 साधना लघुवित्तले  १०० रुपैयाँ अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। संस्थाले चुक्तापुँजीको ३२.५ प्रतिशतबराबरको आईपीओ जारी गर्न लागेको हो। 

आईपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी छ । साढे १० लाख कित्ताभन्दा धेरै हकप्रद निषकाशन पछि लघुवित्तकाे चुक्ता पूँजी ३२ करोड रुपैयाँ बढी पुग्नेछ ।

 

Mega Maya Bachat Khata
Companies in this article: