info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद विक्री गर्न माग्यो बोर्डसँग अनुमति

By: Nepse Direct Mar 19, 2020

समृद्धि फाइनान्सSFCL ले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद विक्री गर्न अनुमति माग्दै फागुन २३ गते निवेदन दर्ता गराएको हो । 

यो हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी बिओके क्यापिटल मार्केटले पूरा गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ४९ दशमलव ६३ छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी रू. ८७ लाखभन्दा बढी घाटामा रहेको छ । कम्पनीको जगेडा कोषमा रू. २२ करोड ९८ लाखभन्दा बढी रकम रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: