info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिर्जनाले असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद निष्कासन गर्ने

By: Nepse Direct Sep 16, 2019

सिर्जना फाइनान्स लिमिटेड SFFIL ले असोज १७ गतेदेखि १०ः६ अनुपातमा हकप्रद सेयर निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति सेयर रु. १०० अंकित दरको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा असोज ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साविक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द कात्तिक २१ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सनराइज क्यापिटल, सिर्जना फाइनान्सको केन्द्रिय तथा शाखा कार्यालयहरु र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । साथै सनराइज बैंकका विराटनगर, पोखरा, विरगंज, बुटवल र नारायणगढ शाखा कार्यालयबाट पनि सो हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० पुग्नेछ । 

Shivam Cement
Companies in this article: