सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड SIC 1.33 % 1599.00 ले आफ्नो २४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आकर्षक लाभांश पारित गर्न आफ्नो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३० गते काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
कम्पनीको चुक्तापुँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ। सोही सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीबाट प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।