info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्पर्शले घोषणा गर्यो १३ प्रतिशत बोनस

By: Nepse Direct Sep 03, 2019

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड SPARS  8.14 %  553.00 ले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साथै, सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । भदौ १६ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रहेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ । 

sprs

Shivam Cement
Companies in this article: