info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

साधना लघुवित्तको आईपिओ आजदेखि निष्कासनमा

By: Nepse Direct Jul 05, 2020
IPO

 साधना लघुवित्त वित्तीय संस्थाSADHANAले आईपीओ आज, असार २१ गते  देखि निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि, ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ भने बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणका  लागि विक्री खुला गरेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।  साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीको आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आईपीओ निष्काशन गर्न असार ७ गते अनुमति दिएको हो ।

आईपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी छ । साढे १० लाख कित्ताभन्दा धेरै हकप्रद निषकाशन पछि लघुवित्तकाे चुक्ता पूँजी ३२ करोड नाघ्नेछ।

Mega Maya Bachat Khata
Companies in this article: