info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चाडपर्ब लक्षित सहुलियत पसल संचालन

By: Nepse Direct Sep 10, 2019

चाडपर्वमा उपभोक्तालाई केही राहत होस् भन्ने हेतुले सरकारले ७३ ठाउँमा  सहुलियत पसल सञ्चालनमा ल्याएको छ। नजिकिदै गरेको चाडपर्व लाई लक्षित गरि सो सहुलियत पसल सञ्चालनमा ल्याइएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई चाडपर्वमा सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सुरु गरेको हो । पसलको उद्घाटन आपूर्तिमन्त्री मात्रिका यादवले गरेका थिए ।

 सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहितले छुटसहित सामग्रीहरू राखेका छन् । उक्त पसलमा प्रतिकिलो २ देखि ५० रुपैयाँसम्म छुट दिइने ब्यवस्था छ । उक्त पसल कात्तिक १७ गतेसम्म सञ्चालन हुने भनिएको छ । सहुलियत पसलमा बास्मती चामलमा १० रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ, सोना मन्सुलीमा ५ रुपैयाँ, जापनिज चामलमा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ, जिउँदो बोका–खसी र च्याङ्ग्रामा पनि १० रुपैयाँ छुट दिने बताएको छ ।

चिनीमा ५ रुपैयाँ छुट सहित प्रतिकिलो ७२ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएर बिक्री गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन्सले बताएको छ । त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ, पनिरमा १० रुपैयाँ छुट दिएर ७ सय रुपैयाँमा बिक्रि गर्ने भएको छ । एकीकृत १ सहित खाद्य व्यापार कम्पनीले  थापाथली, नख्खु, जावलाखेल र भक्तपुर, साल्ट ट्रेडिङले कालीमाटीमा २, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर र घुम्ती सेवा तथा दुग्ध विकासले लैनचौर, न्युरोड र खुमलटारमा सहुलियत पसल सञ्चालन गर्ने बताएका छन् ।

Shivam Cement
Companies in this article:
STC