info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१०० रुपैयाँभन्दा सस्ता सेयर

By: Nepse Direct Aug 29, 2019

बजार निरन्तर सुस्त गतिमा रहेका कारण सूचीकृत कम्पनीहरुको सेयरमूल्य घटिरहेको छ । बुधबारको अन्तिम मूल्य अनुसार १५ कम्पनीहरुको सेयरमूल्य १०० रुपैयाँभन्दा कम रहेको छ । सोमध्ये १४ जलविद्युत कम्पनीहरु रहेका छन् भने १ वित्त कम्पनी अर्थात फाइनान्स कम्पनी रहेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा सस्तो सेयरमूल्य रु. ५८ रहेको छ । बुधबार ३ कम्पनीको सेयरमूल्य सो रकममा कारोबार भएको छ । सो दिन दिव्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको सेयर ५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यीमध्ये ११ कम्पनीहरुले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । 

cheap

Shivam Cement