info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य ७ वर्ष यताकै सस्तो

By: Nepse Direct Aug 25, 2019

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य ७ वर्ष यताकै सस्तो भएको छ । २०६९ साल असार ७ गते सो वाणिज्य बैंकको सेयरमूल्य ४६० रुपैयाँ रहेको थियो । आइतबार (भदौ ८ गते) यो समाचार तयार पार्दासम्ममा बैंकको सेयर ४६५ रुपैयाँमा कारोबार भइरहेको छ । सो अवधिसम्ममा ५ हजार ७४५ कित्ता बिक्रीको आदेश रहेको छ भने ४ हजार १८६ कित्ता खरिद आदेश रहेको छ । 

बजार निरन्तर ओरालो लाग्नुका साथै पछिल्लो समयमा बैंकको वित्तीय अवस्थामा आएको कमजोरीले सेयरमूल्य सस्तिएको हो । अघिल्लो साता बैंकको गत आव मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६.६६ प्रतिशत घटेको छ भने वितरण योग्य मुनाफा ६१.१४ प्रतिशत घटेको छ । समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा उल्लेख्य बढेपछि, आर्जन गरेको मुनाफाको ठूलो हिस्सा कर्जा जोखिम व्यवस्थापक कोषमा राख्नु परेका कारण बैंकको वितरण योग्य मुनाफा घटेको हो । अघिल्लो आवको असार मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८८ लाख रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिको तुलनामा घटेर १ अर्ब ३९ करोड ६ लाखमा सिमित भएको छ । समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४२ प्रतिशत विन्दु बढेर २.७८ प्रतिशत पुगेको छ । नाफा घटेसंगै लाभांश क्षमता घट्नु सेयरमूल्य सस्तिनुको प्रमुख कारण हो ।  

मूल्य चार्ट

nib chart

प्रमुख परिसूचक

nib key

लाभांश इतिहास

nib div

आरएसआई

nib rsi

Shivam Cement
Companies in this article:
NIB NIBPO