info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिङ्गती हाइड्रो र नेपाल पूनर्बीमाले आईपिओ निष्कासन गर्ने

By: Nepse Direct Sep 10, 2019

सिङ्गती हाइड्रो इनर्जी लिमिटेड र नेपाल पूनर्बीमा कम्पनीले आईपिओ निष्कासन गर्ने भएको छ । यी दुई कम्पनीहरुले आईपिओ निष्कासनको अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सिङ्गतीले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न भदौ २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । त्यसैगरी, नेपाल पूनर्बीमा कम्पनीले १ करोड ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न भदौ २२ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

Shivam Cement