info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

स्वाभिमान लघुवित्तको खुदनाफा २ करोड नाघ्यो, ४१.७८ इपिएस

By: Nepse Direct Aug 11, 2019

स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडSMFBSले गत आवको चौथो त्रैमासमा २ करोड ५८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सो अवधिमा खुद नाफा २ लाख ३२ हजार रहेको थियो ।

३ करोडभन्दा बढी संचालन मुनाफा

कम्पनीको संचालन मुनाफा सो अवधिमा बढेर ३ करोड ७४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी २८३.५१ प्रतिशत बढेर ५ करोड ३२ लाख ४३ हजार रहेको छ । 

चुक्ता पूँजी ४७.२८ प्रतिशतले बढ्यो 

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४७.२८ प्रतिशत बढेर ६ करोड १८ लाख ६१ हजार रहेको छ । अघिल्लो आवको चौथो त्रैमासमा २७ लाख १ हजार ऋणात्मक रहेको कम्पनीको जगेडा कोष गत आवको सोहि अवधिसम्ममा २ करोड ३१ लाख ४५ हजार धनात्मक भऐको छ । 

७९ करोड  कर्जा प्रवाह

कम्पनीले असार मसान्तसम्ममा ७९ करोड २१ लाख १५ हजार कर्जा प्रवाह गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८५.२५ प्रतिशत बढी हो । कम्पनीको निक्षेप असार मसान्तसम्म २७ करोड ८२ लाख ५२ हजार पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३५.१६ प्रतिशत बढी हो । 

प्रति सेयर आम्दानी ४१.७८ रुपैयाँ

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ४१.७८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४२ रुपैयाँ  र  कम्पनीको मूल्य आम्दानी अनुपात ११.२७ रहेको छ ।

swabhimaan

Mega Maya Bachat Khata
Companies in this article: