info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआइसी एसिया लघुवित्तको आईपीओमा मागभन्दा ३.७४ गुणा बढी आवेदन

By: Nepse Direct Jun 27, 2020
IPO

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा तेस्रो दिन शुक्रबारसम्म मागभन्दा ३.७४ गुणा बढी कित्ताका लागि आवेदन परेको छ।

आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार असार १२ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा २ लाख ९७ हजार ८९३ जना आवेदकबाट १ अर्ब ६६ करोड २८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २८ हजार ३१० कित्ता शेयर खरिदको लागि आवेदन परेको जनाएको छ।

लघुवित्तले निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। 

एनआइसी एशिया लघुवित्त एनआइसी एशिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निश्कासनको स्वीकृति पाएको थियो । 

यो कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्त कम्पनीको आइपीओ भएकोले पहिलो दिन नै ओभरसब्स्क्राइब्ड भएको छ । 

आइपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ। साथै प्रयोगकर्ताले ‘मेरो सेयर’मार्फत पनि आवेदन गर्न सक्नेछन्।

Mega Maya Bachat Khata
Companies in this article: