नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वेदशी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ ।
स्वेदशी लघुवित्त एनआईसी एशिया लघुवित्तसँग गाभ्ने गाभिने सम्झौता गरेसँगै नेप्सेमा कारोबार रोक्का भएको हो । आइतबार बसेको संचालक समितिको निर्णयानुसार एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लिबिच एक आपसमा गाभ्ने र गाभिने(मर्जरं) लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जर कार्य सम्पन्न नभएसम्मका लागि आइतबारदेखि शेयर कारोवार रोक्का राखी शेयरधनी दाखिला खारेज बन्द गर्न संस्थाले आग्रह गरेको हो ।