info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

उन्नतीले घोषणा गर्यो ४०.६३ प्रतिशत लाभांश, बोनस कति ?

By: Nepse Direct Sep 19, 2019

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड UMB ले ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ३८.६० प्रतिशत बोनस सेयर र २.०३ प्रतिशत नगद लाभांश गरि कुल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । गत आवको असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १२ करोड २३ लाख ४९ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

umb

Shivam Cement
Companies in this article:
UMB UMBPO