info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

युनाइटेड इदी–मर्दीको आईपीओ चैत १० गते आउँदै

By: Nepse Direct Mar 16, 2020
IPO

युनाइटेड इदी–मर्दी एन्ड आर.बी. हाइड्रोपावर कम्पनी लिमिटेड  UIMRBHLले चैत १० गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि ४ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गते बन्द हुनेछ।  दोस्रो चरणमा कम्पनीले ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले अवस्था औसतभन्दा कमजोर जनाउने  ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। 

Mega Maya Bachat Khata
Companies in this article: