इन्भेष्टीङ नेपाल संवाददाता
चैत २८, काठमाडौं
अब विद्यार्थीले आफ्नो रू. १ लाख बराबरको दुर्घटना बीमा गर्दा निजको अभिभावक(आमा वा बुबा मध्ये १ जना) को पनि रू. ५ लाख बराबरको दुर्घटना बीमा हुनेछ । कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीले यस्तो सुविधा पाउनेछन् ।
आईएमई जनरल इन्स्योरेन्सले विद्यार्थीहरुलाई लक्षित गरेर नयाँ बीमा पोलिसी ल्याएपछि विद्यार्थीले यस्तो सुविधा पाउने भएका हुन् । यसका लागि कम्पनीले बीमाशुल्क रू. ८ सय ६० मात्र तोकेको छ । बीमाअवधी भने एक बर्षको हुनेछ ।
विद्यालय परिसरमा वा परिसर बाहिर दुर्घटना मा परेर विद्यार्थीको मृत्यु भएमा निजको परिवारले रू. १ लाख पाउने छन् । यदि, दुर्घटनाबाट विद्यार्थीको अशक्त भएमा रू. तीन लाख रकम पाउने छन् ।
दुर्घटनामा परेर विद्यार्थीको आमा वा बुबाको मृत्यु भएमा निज विद्यार्थीले रू. ५ लाख पाउनेछन् । सम्भावित दुर्घटनाले विद्यार्थीको अध्धयनमा कुनै समस्या नहोस भनेर यस्तो पोलिसी ल्याइएको कम्पनीको भनाइ छ ।
यस्तै, विद्यार्थीको दुर्घटनामा परेर औषधोउपचार गर्न रू. २५ हजारको सुविधा प्रदान गरिने छ । साथै, अस्पताल भर्ना गर्नुपरेमा ५० हजार छुट्टाइएको छ ।