info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिटिजन्स बैंकको विशेष सभा स्थगित

By: Nepse Direct Mar 22, 2020

 सिटिजन्स बैंक इन्टरनेसनल  CZBIL  2.7 %  180.00   को चैत १० गतेका लागि तय गरिएको ५औं विशेष साधारण सभा स्थगित भएको छ ।

बैंकले आइतवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त विशेष साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ । बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको ३३०औैं बैठकले उक्त निर्णय गरेको हो ।  

हाल विश्वभर फैलिएको कोरोना भाइरस  (कोभिड–१९) को जोखिम र सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाइएकोले विशेष साधारण सभा स्थगित गरिएको बैंकले जानकारी दिएको छ ।

बैैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न सभाको आयोजना गरेको थियो ।

Mega Maya Bachat Khata
Companies in this article: