info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सप्तकोशी डेभलपमेण्ट बैंकको साधारण सभा चैत ३० गते

By: Nepse Direct Mar 22, 2020

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडSAPDB ले चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत ३० गते, उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०ः३० बजे  गर्ने निर्णय गरेको हो ।  

 

साधारण सभाको प्रस्तावमा शेयरधनीहरुका लागि चुक्तापूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् । 

सभामा चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ  बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

 

साधारण सभा प्रयोजनको लागि बैंकले चैत १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ९ गतेसम्मका नेप्सेमा कारोबार भई चैत १६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 

Mega Maya Bachat Khata
Companies in this article: