info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान

By: Nepse Direct Apr 04, 2021

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड IGI  7.91 %  1160.00 ले आफ्नो २३ औँ वार्षिक  साधारणसभा आह्वान गरेकाे छ । संस्थाकाे चैत्र २० गते (शुक्रबार)बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा वैशाख १२ गते नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख २८ हजार ५२० रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गर्नेछ। उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ३९ लाख ८६ हजार ८४२.११ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले पारित गर्नेछ।

संस्थामा हाल संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व  ६०ः४० रहेको छ । हाल कायम शेयर स्वामित्वलाई संशोधन गर्दै संस्थापक र सर्वसाधारणको ५१ः४९ अनुपात कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदै गरेको वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १ गते नयाँ वर्षको बिदा परेकोले चैत ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। 

Mega Maya Bachat Khata
Companies in this article:
IGI IGIPO