info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

समीट लघुवित्त साधारणसभा आह्वान, प्रमुख अजेन्डा एफपीओ निष्कासन गर्ने

By: Nepse Direct Mar 21, 2021

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड SMFDB  9.56 %  1627.00 को १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको गत चैत ६ (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २९ गते तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजेबाट गर्ने निर्णय गरेको छ।   

सभाले सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि संस्थापक शेयर र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ६ लाख कित्ता साधारण शेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) का माध्यमबाट जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

उक्त कार्यका लागि नियमनकारी निकायको निर्देशनबमोजिम संस्थाको प्रबन्धपत्र, नियामवली संशोधनलगायत अन्य सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सोही सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्ने अख्तियार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन चैत १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ। 

Mega Maya Bachat Khata
Companies in this article: