info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्स्योरेन्सको साधारण सभा स्थगित

By: Nepse Direct Mar 23, 2020

चैत २१ गतेका लागि तय गरिएको नेपाल इन्स्योरेन्स NICL  0.57 %  347.00 को ७१औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीले सोमवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएको छ । कम्पनीको चैत ९ गते (आइतवार) बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  

हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

कम्पनीले ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा सभाको आयोजना गरेको थियो । 

Mega Maya Bachat Khata
Companies in this article:
NICL NICLPO