info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दोस्रो दिनमै नेपाल पुनर्बीमा कम्पनीको आईपीओ सबै बिक्री

By: Nepse Direct Mar 19, 2020
IPO

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडNRICL ले चैत ४ गते मंगलबारदेखि सर्वसाधरणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) दोस्रो दिनमै सबै बिक्री भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गको अनुसार १ लाख ८२ हजार आवेदकबाट २ अर्ब ३७ करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७९ हजार ९३० कित्ताका लागि माग आवेदन परेको छ जुन  दोस्रो दिनको कार्यालय अबधि अर्थात् बुधबार ५ बजे सम्ममा आईपीओ निष्काशमा ल्याएको  भन्दा १.५७ गुणा बढी आवेदन परिसकेको छ ।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

दोस्रो दिनमा नै सबै शेयर बिक्री भईसकेका कारण चैत ७ गते,शुक्रबार कार्यालय समयपश्चात कम्पनीको आईपीओ निष्काशन बन्द हुनेछ। 

Mega Maya Bachat Khata
Companies in this article: