info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आरएमडीसीको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको शेयर लिलामीमा

By: Nepse Direct Dec 18, 2020

आरएमडीसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त FOWAD  6.97 %  2840.00 को संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि पुस ८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गनुपर्ने लघुवित्तले सूचना मार्फत जनाएको छ।उक्त शेयरको न्यूनतम मूल्य ९ सय ५३ दशमलव ३६ तोकिएको हुँदा इच्छुक विधमान संस्थापक शेयरधनीहरुले सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ।

कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ८ गते बैंकिङ सयमसम्म रहेको छ।

Mega Maya Bachat Khata
Companies in this article: