info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

फर्स्ट माइक्रोफाइनान्सको २५ हजार कित्ता संस्थापक शेयरमा आजबाट लिलाममा

By: Nepse Direct Mar 16, 2021

फर्स्ट माइक्रोफाइनान्स संस्था लिमिटेड FMDBL  2.50 %  861.00 ले २५ हजार कित्ता संस्थापक शेयर आज मंगलबार (चैत ३ गते) देखि लिलामीमा विक्री खुला गरेको छ । 

कम्पनीको शेयर मूल्य न्युनतम  प्रतिकित्ता २ सय २७५ रुपैयाँ तोकिएकोले लिलाममा आवेदन दिँदा सो भन्दा बढी मूल्य कबोल गरि शिलबन्दी बोलपत्र फारम पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम ५ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । यसमा बैशाख ६ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । 

बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य आवेदकले यसमा आवेदन दिन सक्ने छन् । त्यस्तै आवेदन दिने व्यक्तिले कर्जा सुचना केन्द्रको कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, प्यान विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Mega Maya Bachat Khata
Companies in this article: