info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा

By: Nepse Direct Jun 29, 2020

नेपाल इन्भेष्टमेन्ट बैंक NIB  0.45 %  440.00 ले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालेको छ।

बैंकले पुस २८ गते सम्पन्न ३३ औ वार्षिक सधारणसभाले पारित गरेको साढे १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहकी खातामा पठाउन थालेको हो।

बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुकक्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनश शेयर पाउनेछन्।

बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ। लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

साथै बैंकले हालसम्म पनि शेयर अभौतिकीककरण नगराएका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ।

NIB_Dividend

Mega Maya Bachat Khata
Companies in this article:
NIB NIBPO