info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कोरोना सरकारी राहत कोषमा कुन कुन ब्रोकरहरुको कति सहयोग ?

By: Nepse Direct Mar 25, 2020

सरकारले राष्ट्रिय बाणिज्य बैंकमा खाता खोली स्थापना गरेको कोरोना राहत कोषमा शेयर दलालहरुले आफ्नो तर्फबाट सहयोग जम्मा गर्ने होडबाजी चल्न शुरु भएको छ ।

ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटी र ब्रोकर नम्बर ५० को क्रिष्टल कन्चनजंंघा सेक्युरिटिजले सरकारी कोषमा एक, एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे लगत्तै अरु ब्रोकरहरु पनि तातेका छन् ।

ब्रोकर नम्बर ४ ओप्पल सेक्युरिटिजले कोषमा एक लाख १५ हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरेर सबैलाई उछिनेको छ । ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजले कोषमा एक लाख ११ हजार १११ रुपैयाँ जम्मा गर्ने जनाएको थियो ।

त्यस्तै ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटिजले सरकारी कोषमा ५० हजार जम्मा गर्ने जनाएको छ ।

Mega Maya Bachat Khata