info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

डिप्रोक्स लघुवित्तको १५ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा

By: Nepse Direct Feb 24, 2020

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड DDBL  0.13 %  759.00 ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गरेको छ । कम्पनीले फागुन १ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै उक्त लाभांश जम्मा गरेको हो । 

कम्पनीको माघ २६ गते सम्पन्न १८औं वार्षिक साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएर हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । 

Mega Maya Bachat Khata
Companies in this article:
DDBL DDBLPO