info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

रिलायन्स फाइनान्सको लाभांश पारित

By: Nepse Direct Mar 01, 2020

रिलायन्स फाइनान्स  RLFL  1.56 %  130.00 को शुक्रबार सम्पन्न १० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५८ प्रतिशत नगद लाभांश पारित गरेको छ।

अघिल्लो आवमा २.६३ प्रतिशत नगद लाभांश दिएको यस कम्पनीले अघिल्लो आवको तुलनामा ३.९५ प्रतिशतले लाभांश बढाएको हो। 

कम्पनी अध्यक्ष कुश प्रसाद मल्लीले फाइनान्सले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेको भएपनि अहिलेको अवस्थामा अनुसार मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनले आफ्ना सदस्यहरुको सम्पत्ति नगुम्ने गरी मर्जर तथा प्राप्तिको विषयमा निर्णय लिने प्रतिबद्धता व्यक्त गरे।

हाल ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले हाल १४ शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ। फाइनान्सले चालु आवको पुसमसान्तसम्म कम्पनीले ६ करोड २२ लाख ३९ हजार नाफा गरेको छ।

RLFL-Dividend

RLFL

Mega Maya Bachat Khata
Companies in this article: