info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

कस्तो छ सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हेरौं कम्पनी आईपीओ रिभ्यु

By: Nepse Direct Apr 30, 2021

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) आज (वैशाख १७ गते, शुक्रबारदेखि) निष्काशन तथा बिक्री खुल्ला भएको छ । लगानी गर्नु पूर्व  हरेक लगानीकर्ताले लगानी गरेको कम्पनीको वित्तीय अवस्था कस्तो छ हेरेर लगानी गर्नु पर्दछ।

यस्तो छ सीईडीबी  कम्पनी आईपीओ रिभ्यु :

 वित्तीय विवरण

कम्पनीको आ.व. २०७६÷७७ को लेखा परिक्षक द्वारा प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ५८ करोड ७५ लाख, जगेडा तथा संचिति नाफा २२ करोड ७९ लाख रहेको छ ।

कम्पनीको आ.व. ७७/७८ को ६ माहिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ५८ करोड ७५ लाख, जगेडा तथा संचिति नाफा १६ करोड १ लाख रहेको छ ।आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो शेयर पुँजी क्रमश ८३ करोड ९४ लाख, ८८ करोड १३ लाख र ९२ करोड ५४ लाख हुने प्रक्षेपण गरेको छ । त्यस्तै यस अवधिको जगेडा तथा संचिति नाफा क्रमश २० करोड ९१ लाख, २२ करोड ४ लाख र २३ करोड ८५ लाख हुने कम्पनीको प्रक्षेपण रहेको छ । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो खुद नाफा क्रमश ८ करोड ६३ लाख, ९ करोड ५२ लाख र १० करोड ६२ लाख हुने प्रक्षेपण गरेको छ ।

ipo1

प्रतिशेयर आम्दानी

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी क्रमश १०.१० रुपैया, १२.०२ रुपैयाँ र १३.०५ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी क्रमश १३.७२ रुपैयाँ, १०.६१ रुपैयाँ र ११.४८ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

प्रतिशेयर नेटवर्थ

आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश ११३.७३ रुपैया, १२५.७५  रुपैयाँ र १३८.७९ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा कम्पनीले आफ्नो प्रतिशेयर नेटवर्थ क्रमश १२४.९१ रुपैयाँ, १२५ रुपैयाँ र १२५.७७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

लाभांश 

कम्पनीले आर्थिक वर्ष ७८/७९ र ७९/८० मा चुक्ता पुँजी बढ्ने प्रक्षेपण गरेकोले यी वर्षमा ५ प्रतिशत बोनस शेयर दिने प्रक्षेपण गरेको देखिन्छ। 

शेयर लगानी भएका कम्पनी

कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।

पुँजी संरचना

कम्पनीको अधीकृत पुँजी एक अर्ब पचास करोड ,जारी पूँजी त्रियासी करोड चौरानब्बे लाख दश हजार र चुक्ता पूँजी अन्ठाउन्न करोड पचहत्तर लाख सतासी हजार रहेको छ । आईपिओ निष्काशन गरी बांडफांट गरे पश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार हुनेछ । 

capital structure

आईपिओ निष्काशन पश्चात कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर संरचना ७०:३० हुने छ ।

Shareholder proportion

आईपिओबाट संकलन हुने मध्येबाट २४ करोड रकम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड नाममा रहको रुकुम जिल्लामा अवस्थित ५ मेगावाट रुकुम गाड जलविद्युत आयोजना विकासको लागि खर्च गर्ने कम्पनीले उल्लेख गरेको छ । उक्त जलविद्युत आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति २०७८÷०२÷३२ रहेको छ । बाँकि रकम भने कार्यशील पुँजी ब्यबस्थापनमा प्रयोग गरिने कम्पनीले उल्लेख गरेको छ ।

क्रेडिट रेटिङ्ग

निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लि. कमलादी, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७७ आश्विन २९ गते [CARE-NP BB(Is) प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउंदछ । सो ग्रेडिङ्ग को बैद्यता अवधि एक वर्ष रहने छ ।

Mega Maya Bachat Khata
Companies in this article: