info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशिया लघुवित्तको आइपीओमा आवेदन गर्ने आज अन्तिम दिन

By: Nepse Direct Jun 28, 2020

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

लघुवित्तले जारी गरेको आइपीओमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्नेछन्।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

चुक्ता पूँजी १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको आईपिओ पश्चात चुक्ता पूँजी एक अर्ब ४८ करोड नाघ्नेछ।

Mega Maya Bachat Khata
Companies in this article: