info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Mar 21, 2021
IPO

सनराइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सनराइज ब्लूचिप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डले प्रतिइकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले लगानी गर्न सकिने जनाएको छ ।

इकाई विक्री प्रबन्धकमा पनि सनराइज क्यापिटल नै रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

Mega Maya Bachat Khata
Companies in this article: