info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कम्पनी विश्लेषण: ग्लोबल आईएमई बैंक

By: Nepse Direct Mar 01, 2020

जनता बैंकलाई गाभेर एकीकृत कारोबार अघि बढाएको यस वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक GBIME  2.75 %  248.00  ले १ अर्ब ६८ करोड रुपैंयाँ भन्दा बढी नाफा गरेको छ । बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २२.५३ रुपैंयाँ  रहेको  छ।

बैंकको सेयरमूल्य  फाल्गुन १५ गते , बिहीवार  १० रुपैंयाँले बढेर  ३०६ रुपैंयाँ  कायम भएको थियो । मर्जरपछि बैंकको  कारोबार सुरुवाती मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँबाट सुरु भएको थियो।  जनता बैंकसँगैको मर्जरपश्चात्को कारोबारमा बिहीवार सबैभन्दा उच्च मूल्य कायम भएको हो । 

मार्केट डेप्थ हेर्दा क्रेता भन्दा बिक्रेतानै बजारमा सक्रिय भएको देखिन्छ।

market depth of GBIME

बैंकलाई १ अर्ब ५० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्कासन गर्न इक्रा नेपालले "इक्रा एनपी एल ए माइनस" रेटिङ प्रदान गरेको छ । रेटिङ कार्य सम्पन्न गरे पनि बैंकले हालसम्म नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन । 

जनता बैंकलाई गाभेर एकीकृत कारोबार अघि बढाएको यस ग्लोबल आईएमई बैंक लिमिटेडको चुक्तापूँजी  १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैंयाँ पुगेको छ । बैंकले गत आवको मुनाफाबाट १२.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित  १२.७५ प्रतिशत नगद लाभांश  गरि कुल २५.५  प्रतिशत लाभांश वितरण गरेको हो ।  GBIME Dividend

आरएसआई खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँने न्यूट्रल जोन ७० र ३० विन्दुको बिचमा  छ । 

RSI

GBIME

Mega Maya Bachat Khata
Companies in this article: